नियम १७
धरौटी, जमानी वा बैड्ढ जमानत माग्ने कार्यविधि
(१) अनुसन्धान अधिकृतले अभियुक्तलाई नियम १५ बमोजिम धरौटी, जमानी वा बैङ्क जमानत माग्दा राजस्व चुहावट सम्बन्धी कसूरको विगो खुलेको विगो तथा निजलाई हुन सक्ने जरिवानालाई समेत खाम्ने गरी माग्नु पर्नेछ ।
(२) अभियुक्तले उपनियम (१) बमोजिम मागिएको धरौटी वा जेथा जमानी दिंदा अनुसूची–१३ बमोजिमको ढाचामा दिनु पर्नेछ ।
(३) अभियुक्तको तर्फबाट कुनै व्यक्तिले जेथा जमानी दिएकोमा त्यस्तो व्यक्तिले अनुसूची – १४ बमोजिमको ढाचामा कागज गर्नु पर्नेछ ।
(४) अनुसन्धान अधिकृतले यस नियम बमोजिम बैङ्क जमानत लिंदा प्रचलित कानून बमोजिम वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “क” वर्गको बैङ्क तथा वित्तीय संस्थाबाट मात्र लिनु पर्नेछ ।
(५) यस नियम बमोजिम अभियुक्तबाट धरौटी, जेथा जमानी वा बैङ्क जमानत लिएकोमा विभागले अनुसूची–१५ बमोजिमको ढाचामा सोको अभिलेख खडा गर्नु पर्नेछ ।
(६) उपनियम (५) बमोजिमको अभिलेखमा अभियुक्तको नाम ,थर, वतन, आदेश भएको मिति र व्यहोरा, आदेश दिने पदाधिकारी समेत स्पष्ट खुलाउनु पर्नेछ ।